सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २७
|
204 views

ललितपुर - झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ उक्त सफारीको ठक्कर उहाँको निधन भएको मृत्यु भएको हो ।

ठक्करबाट टाउकामा चोट लागेर घाइते राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा त्यहाँ निधन भएको थियो ।

घटनापछि प्रहरीले सफारीका चालक मेचीनगर–१५ कै ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube