२०८२ चैत्र २१ | Apr 04, 2026

कालीगण्डकी स्नानमा वृद्धा नदीले बगाएर मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
357 views

ललितपुर – पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीघाटमा कालीगण्डकी नुहाउने क्रममा ९७ वर्षीया सावित्री गिरीलाई नदीले बगाएर मृत्यु भएको छ ।

उद्धारमा खटिएको सशस्त्र प्रहरी बल २५ नम्बर हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले खोजी गर्दा झण्डै ४०० मिटर तल बगरमा शव भेटिएको जनाएको छ ।

मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया