२०८२ चैत्र २२ | Apr 05, 2026

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ९
|
867 views

फुङ्लिङ (ताप्लेजुङ) ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया