गैँडाकोटको डेरामा २४ वर्षीया युवती मृत अवस्थामा फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
408 views

ललितपुर - ललितपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला को गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेला परेकी छन् ।

गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र चोटपटकसहित मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दाजुले सम्पर्क नभएको जानकारी दिएपछि प्रहरी पुगेको थियो। बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा उनी खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानमा टाउको, घाँटी र दाहिने हातको नाडीमा धारिलो हतियारको चोट तथा अनुहारमा निलडाम भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली र कुकुरसहितको विशेष टोली परिचालन गरिएको छ ।

मृतकको तीन वर्षअघि विवाह भई एक वर्षअघि सम्बन्धविच्छेद भएको र हाल एक्लै बस्दै आएकी थिइन् । प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube