एक वर्षीय छोरासहित आमा मृत फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २४
|
714 views

ललितपुर - दमौली (तनहुँ) जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ ।

सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उहाँका छोरा कुमार परियार घर नजिकको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिनुभयो ।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको उहाँले बताउनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube