|
|
२०८२ चैत्र २८
714 views
ललितपुर - त्रिशूली (नुवाकोट) बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।
सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल रहेका छन् । उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

बिजनेस पाटी














