बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १४
|
306 views

ललितपुर - सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ः०० बजे नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताउनुभयो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोश उत्तरी पहाडी क्षेत्रमा रहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube