२०८२ चैत्र २१ | Apr 04, 2026

तीन वर्षमा डेङ्गु : सुदूरपश्चिम प्रदेशमा ७ हजारभन्दा बढी प्रभावित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १०
|
306 views

ललितपुर – स्वास्थ्य निर्देशनालय दिपायलका तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ७,६८३ पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ३,३४९ जनामा डेङ्गु पुष्टि भएको थियो भने २०८१/८२ मा संख्या केही घटेर ३,३१६ रह्यो, तर जोखिम कायम नै छ । चालु आर्थिक वर्षमा हालसम्म १,०१८ जना डेङ्गुबाट प्रभावित भइसकेका छन् ।

डेङ्गु नियन्त्रणमा तराईका जिल्ला कैलाली र कञ्चनपुर बढी प्रभावित छन्, र जलवायु परिवर्तन तथा सहरीकरणका कारण पहाडी जिल्लामा समेत बिरामी भेटिन थालेका छन् । प्रदेश र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरे पनि नागरिक सतर्कता नहुँदा संक्रमण नियन्त्रण कठिन भइरहेको छ ।

डेङ्गु नियन्त्रणका लागि पानी जम्न नदिने, घर वरपर सरसफाइ राख्ने र ज्वरो, जोर्नी दुखाइ, टाउको दुखाइ जस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउने आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया