ललितपुर - देशवासीहरू हो ! जो जहाँ छौ
आफ्नो देश भित्रबाट
स्वदेशमा होऔ
विदेशमा होऔ
जो जहाँ छौ
राष्ट्रको स्वतन्त्रता अक्षुग्णताको लागि उठ !
राष्ट्रको स्वाधिनता, सिङ्गो राष्ट्रको उन्मुक्तिको लागि
देश भित्रैबाटै
राष्ट्रको स्वाधिनताको लागि उठ !
मेरो देश कता छ ?
कतै एम.सी.सी.को थुप्रोमा गुजुल्टिएको त छैन ?
यसबेला बारवरा फाण्डसले सरकार चलाएको छ ।
मेरो देशको सिंहदरबार
राष्ट्रको अहम्ताले भरिएको थियो ।
मेरो देशको प्राचीनता
मेरो देशको वैभवता
मेरो देशको सांस्कृतिक धरोहर
राष्ट्रको पहिचानताको
पृथ्वीनारायण शाहका राष्ट्रिय श्रमका छनकहरू
भानुभक्तीय लेखन सीपहरू
अरनिकोको राष्ट्रिय गाथाहरू
ती बलभद्रका राष्ट्रिय निर्माणका उद्घोषहरू
यी सबैका मिश्रणको प्रारूप थियो सिंहदरबार
सिंहदरबार खाली माटोको थुप्रो थिएन
मेरो देशको संस्कृतिको ऐना थियो ।
मेरो पुर्खाहरूद्वारा दिइएको राष्ट्रियताको धरोहर थियो ।
महाकाली माथि जब–जब ओली र देउवाले गिजोलेर
मेरा देशका सिमानाहरू खुम्च्याउँदै थिए ।
महाकाली यसबेला बगरमा परिणत भएको छ ।
हाम्रा भूमिहरू बञ्जरमा परिणत भएका छन् ।
ओली देउवा अर्थात्
काँग्रेस कम्युनिष्टको बर्कोको दोहन हो, महाकाली
तिम्रो स्वार्थको लागि मेरो देशले उत्तानो पर्नुपर्ने
यसबेला मेरो मुलुकलाई
भारतीय सरकारको थिचोमिचो
ओली र शेरबहादुरको स्वार्थको चपेटमा
देशभक्त नेपालीले सहिदिनुपर्ने ?
राष्ट्रको घात प्रतिघात
देशभक्त नेपालीहरूले मौनता सहनुपर्ने ?
मेरो देश यसबेला
नेपाली काँग्रेस
नेकपा एमाले पार्टीद्वारा गरिएका राष्ट्रघातका विरुद्ध
शङ्खनाद गर्दै उठेको छ ।
देश भित्रैबाट आवाज उठेको छ ।
महाकालीमाथि गरिएको अघातका विरुद्ध –
देशलाई नै उठाउनै पर्छ ।
एम.सी.सी.का मतियारहरू
काँग्रेस, एमाले व्राण्डहरू
शेरबहादुर, ओली, प्रचण्डहरू
तिमीहरू सबैलाई पाता फर्काइयोस् ।
तिमीहरूद्वारा गरिएका राष्ट्रघातहरू छदाइनुपर्छ ।
ती छदाइहरू पर्दाफास हुनुपर्छ ।
अमेरिकी !
मेरो देशको युरेनियमका अथाहता
हामीले हाम्रो भूमिका ऐश्वर्यता
हामीले थाहा पाएका छौँ ।
मेरो देशको अथाह युरेनियम
तिमी मेरो मुलुक भित्र छिरेर
मेरो देश माथि तिम्रो बर्बरता
मेरो देशको अथाहताले भरिएको युरेनियम
हामी तिमीलाई लुट–लाट गर्न दिँदैनौँ ।
तिमी वख्तरबन्द शैलीमा
युरेनियमको लुटपाट खेती बन्द गर ।
हामी तिमीलाई अन्तर्राष्ट्रिय अदालतमा
तिम्रा अपराधहरू
युरेनियमका डकैतीहरू
स्पष्ट गर्ने छौ ।
मेरो देशको अथाहता
युरेनियम धातुको ऐश्वर्यता
मेरो देशको वैभवता
तिम्रो लुटखसौट बन्द हुनुपर्छ ।
तिम्रा सेनाहरू फिर्ता गर
अमेरिकी सेनाहरू हो !
मेरो राष्ट्रको लुटपाट बन्द गर ।
मेरो देशको युरेनियममाथि डकैती बन्द गर
अमेरिकी सेनाहरू
हामी तिमीलाई घेरेर एम्बुसमा पार्दैछौँ ।
मेरो देशको अथाह सम्पत्ति
युरेनियमको अथाहता
मानव जीवनको उपभोग
पृथ्वीवासी माथि उपभोगको संस्कार
मेरो देशले संस्कारित गर्दैछ ।
बुद्ध जन्मेको देश
युरेनियमको अहम्ता
पृथ्वीवासीका लागि अर्पण गर्दैछौँ ।
बुद्धको यो पावन भूमि
‘वसुदैव कुटुम्बकम’ यो अहम्ता रोप्दैछौँ ।
अमेरिकी सेनाहरू हो फर्क ।
मेरो देशमाथि युरेनियमको डकैती बन्द गर !
मेरो देश
हिमालको स्वच्छन्दा ओढेको देश
भृकुटीको माइती
बुद्धको यो पावन भूमि
मेरो देशको अथाहता आर्थिक मूलद्वार ।
युरेनियमको उत्कृष्ट
मेरो देशको स्मृतिको वैभवता
हाम्रो राष्ट्रियता
हाम्रो अहम्ता
छिमेकीहरू हो ! हाम्रो राष्ट्रको धरोहर
हाम्रो राष्ट्रको उत्थान
हाम्रो पहिचान
हाम्रो राष्ट्रले बाँच्न पाउनुपर्छ
देशघातका विरुद्ध आफूलाई उठाउँदै उठौँ ।
राष्ट्रको अस्मिता सवालमा एकाकार होऔँ ।
ऋतु आसीक – २६ माघ २०८२, तरहरा, इटहरी

बिजनेस पाटी