२०८२ फाल्गुन ६ | Feb 18, 2026

निर्वाचन कार्यतालिका स्थगनको मागसहित आयोगमा पुग्यो देउवा समूह

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
2.2k views

ललितपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्थगनको मागसहित नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष आज निर्वाचन आयोगमा पुगेको छ ।

देउवा निकट एकजना नेताका अनुसार निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोली आज निर्वाचन आयोग पुगेका छन् ।

आगामी मंगलबार अर्थात् माघ ६ गतेलाई निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । तर, कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको हो । सर्वोच्च अदालतले रिटको पेसी पनि माघ ६ गतेलाई नै तोकिदिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया