२०८२ फाल्गुन २ | Feb 14, 2026

देउवा पक्ष आज सर्बोच्च जाने तयारीमा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
1.7k views

ललितपुर । देउवा पक्ष दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएको विरुद्धमा सर्बोच्च अदालत जाने भएको छ ।

शनिबार कांग्रेस पार्टी कार्यालयमै बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको थियो । आज उक्त समूह सर्बोच्च जाने तयारी गरेको छ । हिजोको बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई यसको जिम्मेवारी तोकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया