२०८२ फाल्गुन ३ | Feb 15, 2026

देउवा पक्ष निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ३
|
1.1k views

ललितपुर । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएको छ। आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन् । उनले आइतवार सर्वोच्च अदालत जाने तयारी भइरहेको जानकारी दिएका छन् ।

यसैैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगले गरेको निर्णय आत्मसात गर्ने विश्वास व्यक्त गरेका छन्। केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू एकताबद्ध भएर चुनावमा जाने बताए। उनले नवीन कांग्रेससँगै नवीन समाज निर्माणको बाटोमा अघि बढ्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया