२०८२ चैत्र २१ | Apr 04, 2026

धादिङ दुर्घटना : विदेशी नागरिकसहित १७ को मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
510 views

ललितपुर – धादिङको पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको घटनास्थमै मृत्यु भएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नंको बस त्रिशूली नदी किनारमा खसेको थियो। मृत्यु हुनेमा ११ पुरुष र ६ महिला रहेका छन्, जसमा एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् ।

बसमा ४४ जना यात्रु सवार थिए । दुर्घटनामा २६ जना घाइते भएका थिए, जसको उद्धार गरी अस्पताल पठाइएको छ । केही घाइते स्थानीय अस्पतालमा उपचार गरिएका छन् भने अधिकांशलाई काठमाडौं लगिएको छ ।

दुर्घटनास्थलमा जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया