२०८२ चैत्र २१ | Apr 04, 2026

धादिङ बस दुर्घटना अपडेट : मृतक तीन तनहुँका

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
510 views

ललितपुर – पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये तनहुँका तीन जना रहेका छन् ।

मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएका मृतकहरूमा ओमकुमार मल्ल, विष्णुमाया ढकाल र हरिप्रसाद सिग्देल रहेका छन् ।

दुर्घटनामा घाइते भई उपचाररतहरूमा सोमप्रसाद मल्ल, मानबहादुर थापा, सुकमाया श्रेष्ठ, सदीक्षा हमाल र सुविन मल्ल रहेका छन् । उनीहरूको उपचार काठमाडौंमा भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया