|
|
२०८२ फाल्गुन ११
765 views

ललितपुर - ललितपुर – पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु र २४ जना घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको छ भने घाइते २४ जनालाई उद्दार गरी विभिन्न अस्पतालमा पठाइएको छ ।
मृतक तथा घाइतेको सनाखत हुन बाँकी रहेको छ भने दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार कार्य जारी रहेको छ ।
उद्धारका लागि विपद् व्यवस्थापन वेश आदमघाट र बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको जनाइएको छ ।

बिजनेस पाटी