२०८२ फाल्गुन ६ | Feb 18, 2026

धरानमा ९५५ केजी गाँजासहित दुई जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
255 views

ललितपुर – धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको टोलीले धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुई वटा पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ निवासी सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअपबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ निवासी ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नम्बरको गाडीबाट ४६० केजी गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया