|
|
२०८२ फाल्गुन १०
408 views
ललितपुर - ललितपुर – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री धनुषा प्रशासनले हटाएको छ ।
जनकपुरधाम नगर क्षेत्रमा सार्वजनिकस्थल, विद्युत् पोल, सरकारी भवन र सडक किनारमा टाँसिएका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाइएको हो।
प्रशासनले उम्मेदवार र दललाई एक दिनको समय दिएर स्वयं हटाउन निर्देशन दिएको थियो। तोकिएको समयभित्र नहटाइएपछि प्रशासन आफैँ खटिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आचारसंहिता उल्लङ्घन र सहरको सौन्दर्यमा असर परेकाले कारबाहीस्वरूप सामग्री हटाइएको बताउनुभयो ।
अब पुनः यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
प्रशासनले स्थानीय तह, प्रहरी र सरोकारवाला निकायसँग समन्वय गरी अनुगमनलाई थप कडाइ गरिएको जनाएको छ ।

बिजनेस पाटी