|
|
२०८२ फाल्गुन ८
510 views
ललितपुर - ललितपुर – आज गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकास मन्त्री कुमार इङ्नामले सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत निरीक्षण गरिएको थियो ।
अनुगमन टोलीमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव, र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीहरू सहभागी थिए ।
अनुगमन टोलीले धरहराको अन्डरग्राउन्ड पार्किङको संयुक्त निरीक्षण गर्दै निर्मित पार्किङलाई निःशुल्क सञ्चालनमा ल्याउने विषयमा छलफल गरेको थियो । साथै, काठमाडौँको ट्राफिक सहज बनाउने र पार्किङको सौन्दर्य कायम राख्ने विषयमा विशेष जोड दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बिजनेस पाटी