|
|
२०८३ बैशाख २०
153 views

ललितपुर - काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको भनिएको साततले घरमा डोजर चलाइएको छ ।
आज भएको कारबाहीमा घरको अगाडिको भाग भत्काइएको छ भने केही संरचनामा क्षति पुगेको छ । पाँचौँ तल्लासम्म विभिन्न भागमा डोजरले असर गरेको बताइएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै गरिएको यो कारबाहीपछि घरको केही हिस्सा मात्रै भत्काएर डोजर फिर्ता गरिएको जनाइएको छ ।

बिजनेस पाटी





