२०८२ फाल्गुन ६ | Feb 18, 2026

ढोरपाटन सिकार आरक्ष जोड्ने सडक: निर्माण प्रगति उत्साहजनक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
255 views

ललितपुर – नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माण गत मङ्सिरदेखि तीव्र गतिमा भइरहेको छ ।

बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक दुई खण्डमा निर्माण भइरहेको छ । पहिलो खण्ड बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर ग्राभेल भइरहेको छ भने दोस्रो खण्ड फल्लेघरदेखि देउरालीसम्म कालोपत्र तयारीमा छ ।

पहिलो खण्ड २०८० वैशाखसम्म सम्पन्न हुनु पर्ने थियो, तर हालसम्म मात्र ६५% काम सकिएको छ। यस खण्डको काम चार वर्षअघि स्वच्छन्द र ओम÷बुद्ध जेबीले सुरु गरेको थियो र समयमै नपुग्दा चार पटक म्याद थप गरिएको थियो ।

दोस्रो खण्ड कालोपत्रको काम हाल धमाधम भइरहेको छ। ‘पिटीआर अधिकारी कन्स्ट्रक्सन’सँग रु १६ करोड ४८ लाखमा सम्झौता गरिएको यो खण्ड हाल १२% मात्र सम्पन्न भएको छ ।

सडक स्तरोन्नति, फराकिलो बनाउने र कल्भर्ट तथा नाला निर्माणलगायतका काम भइरहेको छ। कुल लागत रु २५ करोड ६१ लाख रहेको यस सडकले रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा हुँदै ढोरपाटनसँग जोड्ने उद्देश्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया