|
|
२०८२ फाल्गुन १२
561 views
ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं ले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टी सभापति गगनकुमार थापा ले स्वागत गर्नुभएको हो ।
हुमागाईंले केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी छोडेको घोषणा गर्दै सात बुँदामा असन्तुष्टि पेस गरी राजीनामा दिनुभएको थियो । आन्तरिक असन्तुष्टि र नेतृत्व शैलीप्रति प्रश्न उठाउँदै उहाँले नयाँ राजनीतिक बाटो रोजेको बताइएको छ ।
यो घटनालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ, किनकि पछिल्ला महिनामा विभिन्न दलका नेता–कार्यकर्ताको दल परिवर्तनको लहर देखिएको छ ।

बिजनेस पाटी