सभामुखको आग्रह : संसदमा शब्द चयनमा संवेदनशील बन्न निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३१
|
204 views

ललितपुर - डोल प्रसाद अर्यालले प्रतिनिधिसभामा धारणा राख्ने क्रममा शब्द चयनमा विशेष संवेदनशील हुन सांसदहरूलाई आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीमा उल्लेख भएका असंसदीय शब्द प्रयोग नगर्न तथा बोल्ने क्रममा मर्यादा कायम गर्न निर्देशन दिएका हुन् ।

    उनले अशिष्ट, अश्लील, अपमानजनक तथा आपत्तिजनक शब्द प्रयोग नगर्न सांसदहरूलाई सचेत गराउँदै सार्वजनिक शिष्टाचार र नैतिकताको विपरीत हुने अभिव्यक्ति नदिन आग्रह गरे । साथै कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने तथा असर पर्ने किसिमका अभिव्यक्ति प्रयोग गर्न नहुनेमा पनि उनले जोड दिएका छन् ।

      सभामुख अर्यालले असंसदीय शब्द प्रयोग गर्न नहुने व्यवस्था नियमावलीमै स्पष्ट रूपमा उल्लेख भएकाले त्यसप्रति विशेष ध्यान दिन सांसदहरूलाई आग्रह गरेका हुन् ।

      यसैबीच उनले गणेश पराजुलीले प्रतिनिधिसभामा धारणा राख्ने क्रममा प्रयोग गरेका केही शब्द संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

      वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले प्रयोग गरेका केही अभिव्यक्तिप्रति विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै ती शब्द अभिलेखबाट हटाउन माग गरेका थिए ।

       पात्रो/राशिफल  रेडियो YouTube