२०८२ फाल्गुन ३ | Feb 15, 2026

अमेरिकामा राजनीतिक गतिरोधले सरकार आंशिक शटडाउनतर्फ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १७
|
1.2k views

ललितपुर – सरकारी खर्चसम्बन्धी निर्णायक प्रस्ताव अमेरिकी सिनेटमा पारित हुन नसकेपछि अमेरिकाको सङ्घीय सरकार आंशिक रूपमा शटडाउनमा प्रवेश गरेको छ । यद्यपि यसका प्रभाव सीमित दायरामै रहने अनुमान गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिलाई लिएर ह्वाइट हाउस र सिनेटका डेमोक्रेटबीच चुलिएको विवादका कारण शनिबार मध्यरातपछि शटडाउन लागू भएको बताइएको छ । दुवै पक्षबीच सहमति नजुट्दा बजेटसम्बन्धी प्रक्रिया अवरुद्ध भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मिनियापोलिसमा संघीय अध्यागमन एजेन्टद्वारा दुई जना प्रदर्शनकारी मारिएको घटनापछि डेमोक्रेटहरू आक्रोशित बनेका थिए । त्यसैको असर स्वरूप सुरक्षा विभागका लागि थप कोष उपलब्ध गराउने विषयमा भएको वार्ता असफल भएको जनाइएको छ ।

यसैबीच सिनेटर डिक डर्बिनले सामाजिक सञ्जालमार्फत ट्रम्प प्रशासनको आलोचना गर्दै लागू औषध तस्कर, बाल अपराधी र मानव बेचबिखनमा संलग्न अपराधीलाई नियन्त्रण गर्नुको सट्टा शान्तिपूर्ण प्रदर्शनकारीलाई लक्षित गरेर सरकारी स्रोतको दुरुपयोग भइरहेको टिप्पणी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया