प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति समक्ष शपथ लिए

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २२
|
102 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिनुभएको हो ।

त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो