सभामुख बन्न डीपी अर्यालले दिए उम्मेदवारी

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २०
|
1k views

ललितपुर - प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् ।

रास्वपा २ तिहाइ नजिक भएकाले सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना छैन । अर्याल सम्भवत: निर्विरोध निर्वाचित हुने छन् ।

आज साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन तालिका छ ।

बिहीबार रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube