|
|
२०८२ चैत्र ४
663 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
आज भक्तपुरको गुन्डुस्थित निवास पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेटेका हुन् । सो अवसरमा अर्यालले दिवंगत मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यसैगरी उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् । यसअघि रास्वपा सभापति रवि लामिछानेले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीप्रति समवेदना व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया