|
|
२०८२ माघ १५
1.3k views
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा ५१ सदस्यीय समिति बनाइएको हो ।
फागुन २१ मा हुने निर्वाचनमा दुई तिहाइ मत हासिल गर्दै प्रभावकारी सरकार गठन गर्ने र देशको समग्र विकास, आन्तरिक सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्मान बढाउने लक्ष्यसहित समिति गठन गरिएको रास्वपाले जनाएको छ ।
समितिमा शंकर श्रेष्ठलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने सातै प्रदेशका लागि छुट्टाछुट्टै संयोजक पनि तोकिएका छन् । निर्वाचन व्यवस्थापनलाई थप चुस्त बनाउन पार्टीले तीनवटा विशेष उपसमिति समेत गठन गरेको जानकारी दिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया