२०८२ चैत्र २२ | Apr 05, 2026

पोखरीमा डुबेर युवकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ५
|
714 views

सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

मलङ्गवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । स्थानीयसमेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव निकालिएको उहाँले बताउनुभयो ।

स्थानीयले युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर उनको शव निकालिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया