२०८२ चैत्र २१ | Apr 04, 2026

पोखरीमा डुब्दा २५ वर्षीय युवकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
714 views

ललितपुर – राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज २५ वर्षीय गजेन्द्र दास (बौवा)को मृत्यु भएको छ ।

राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्र डुबेका थिए, प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

दुईपल्ट माछा मारेर बाहिर निस्केका उनी तेस्रो पटक पुनः माछा मार्ने क्रममा डुबेका थिए, स्थानीयवासीले बताए ।

पोखरीमा डुबेको खबर पाएपछि नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेका थिए, करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर फेला परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया