ललितपुर – रु ११ करोडको लागतमा ऐतिहासिक र धार्मिक महत्व बोकेको दूधमति नदीको उत्खनन तथा विकास निर्माण कार्य सुरु भएको छ । यो कार्य मधेस प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा अघि बढाइएको हो ।
मन्त्रालयका निमित्त सचिव रामकुमार खंगका अनुसार, पहिलो चरणमा धनुषाको महेन्द्रनगरदेखि महोत्तरीको मटिहानीसम्म २९ किलोमिटर नदी बहाव क्षेत्रमा उत्खनन तथा विकास कार्य हुनेछ। विकास कार्यक्रम अन्तर्गत नदीको सौन्दर्यकरण, घाट निर्माण र मर्मतसम्भार, बाँध निर्माण, सडक निर्माण तथा सिँचाइका सुविधा पु¥याउने कार्य समावेश गरिएको छ ।
ठेक्का वछालदेवी जेभी, काठमाडौँ लाई दिइएको छ, जसले एक वर्षभित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसअघि मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहको कार्यकालमा दूधमति नदीको उत्खनन र अतिक्रमण हटाउने विषयमा बजेट विनियोजन गरिएको थियो । साथै, तत्कालीन पूर्वऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको पहलमा पनि बजेट उपलब्ध भएको थियो ।
धार्मिक ग्रन्थहरूमा समेत उल्लेख हुने यस नदीको विकासले क्षेत्रको सिँचाइ, पर्यटन र धार्मिक महत्व दुवैमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया