सर्वोच्च अदालतको आदेश: दुर्गा प्रसाईं रिहा हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
765 views

ललितपुर - ललितपुर – सर्वोच्च अदालत ले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं लाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ रिट निवेदनको सुनुवाइ गर्दै प्रसाईंको पक्षमा आदेश जारी गरेको हो ।

उनीलाई निर्वाचन आयोग को पत्रबमोजिम प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो। आरोपमा निर्वाचन प्रक्रियामा प्रभाव पार्ने गरी अफवाह फैलाएको उल्लेख थियो । प्रसाईंले सार्वजनिक रूपमा आयोगमाथि प्रश्न उठाउँदै पैसा लिएर गगनकुमार थापा लाई कांग्रेसको आधिकारिकता दिएको दाबी गरेका थिए, जसलाई आयोगले असत्य भन्दै आपत्ति जनाएको थियो ।

अदालतको आदेशपछि कानुनी प्रक्रिया पूरा गरी उनलाई रिहा गरिने बताइएको छ । घटनाले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक आरोप–प्रत्यारोपबारे बहस पुनः सतहमा ल्याएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube