|
|
२०८३ बैशाख २४
51 views

ललितपुर - धादिङमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ११ः१४ बजे धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पपछि आसपासका क्षेत्रमा सामान्य धक्का महसुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
यसअघि चैत २२ गते मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बिजनेस पाटी













