आज अन्तरराष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउने गरिएको हो ।
शिक्षालाई मानव अधिकार र सार्वजनिक जिम्मेवारीका रूपमा लिँदै शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार मानिन्छ । यही महत्वलाई उजागर गर्दै विश्वका विभिन्न मुलुकमा आज विविध कार्यक्रम आयोजना गरिएका छन् ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ ले शिक्षाको अधिकार सुनिश्चित गरेको छ भने सन् १९८९ को बाल अधिकारसम्बन्धी महासन्धिले सबैका लागि उच्च शिक्षामा पहुँच हुनुपर्नेमा जोड दिएको छ ।
सन् २०१५ मा अङ्गीकार गरिएको दिगो विकास लक्ष्य–४ ले सन् २०३० सम्म समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा तथा आजीवन सिकाइका अवसर प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । युनेस्कोका अनुसार विश्वभर अझै २५ करोड बालबालिका विद्यालय बाहिर छन् र ७६ करोडभन्दा बढी वयस्क निरक्षर छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया