२०८२ फाल्गुन २ | Feb 14, 2026

राष्ट्रिय सभा सदस्य पदको निर्वाचन- ३ बजेसम्म मतदान पाँच बजेभित्र नतिजा

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
816 views

ललितपुर । रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा भएको मतदानको एकमुष्ट नतिजा साँझ पाँच बजेभित्र सार्वजनिक भइसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदानको समय ३ बजेसम्म तोकिएको छ । कोशी प्रदेशको १ पद भने निर्विरोध भैसकेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडामा मतदान भइरहेको छ ।
त्यस्तै गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया