इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २८
|
255 views

ललितपुर - इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ ।

विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय अवस्थाका कारण यात्रा अवरोध र हवाई क्षेत्र बन्द हुन सक्ने चेतावनी दिएको छ ।

      दुतावासले अमेरिकी. नागरिकहरूलाई वर्तमान अवस्थामा यात्रा नगर्न चेतावनी जारी गर्दै अमेरिकी विदेश विभागले जारी गरेको विभिन्न स्तरको यात्रा चेतावनीको पालना गर्न सल्लाह दिएको छ ।

      कुनै पनि कारणले इराकको यात्रा नगर्न सुझाव दिदै दुतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई छिटै बाहिरिन आग्रह गरेको छ ।

      इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले बिहीबार इरानमा ताजा अमेरिकी आक्रमणको प्रतिक्रियामा महत्वपूर्ण लक्ष्यहरूमा प्रहार गरी नष्ट गरेको बताएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube