मध्य इरानमा हेलिकप्टर दुर्घटना, पाइलटसहित चारको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
357 views

ललितपुर - ललितपुर – इरानको मध्य प्रान्त इस्फहानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ ।

इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार फलफूल बजार क्षेत्रमा खस्दा पाइलट, सह–पाइलट र दुई जना फलफूल व्यापारीको ज्यान गएको इरना समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार दुर्घटनाको कारण ‘प्राविधिक खराबी’ भएको बताइएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।

लगातार अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको इरानले पछिल्लो समय धेरै हवाई दुर्घटनाहरू भोग्दै आएको छ । अधिकारीहरूले पुराना जहाजका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउन कठिनाइ भइरहेको गुनासो गरेका छन् ।

यसअघि पनि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासका क्रममा इरानी लडाकू जेट दुर्घटना हुँदा दुईमध्ये एक पाइलटको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube