सशस्त्र विद्रोहीसँग सम्बन्ध राखेको आरोपमा इरानद्वारा दुई जनालाई फाँसीको सजाय

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ७
|
255 views

ललितपुर - इरानले बिहीबार सशस्त्र विद्रोह र ‘पृथकतावादी आतंकवादी समूह’ को सदस्यता लिएको र उनीहरुसँग सम्बन्ध बनाएको आरोपमा दुई जनालाई फाँसी दिएको छ ।

गत फेब्रुअरीमा इजरायल र अमेरिकाबीच द्वन्द्व सुरु भए देखि इरानले मृत्युदण्डको सजाय बढाएको छ भने यो वर्षको सुरुमा इरानमा भएको सरकार विरोधी प्रदर्शनमा धेरैलाई दोषी ठहर गरी फाँसी दिइएको थियो ।

    बिहीबार मृत्युदण्ड दिइएका दुई जना व्यक्तिहरू पश्चिमी इरानमा सुरक्षा बलहरू विरुद्धको सशस्त्र आक्रमण र हत्याको षड्यन्त्रमा संलग्न रहेको इरानी न्यायपालिकाले जनाएको छ ।

      रामिन जालेह र करिम मारुफपुरलाई पृथकतावादी आतङ्कवादी समूहहरूको सदस्यता लिएको, देशको सुरक्षामा बाधा पुर्याउने उद्देश्यले समूह बनाएको, आपराधिक समूहहरूमार्फत गोली हानेर हत्याको प्रयास गरेको आरोपमा फाँसी दिइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख गरिएको छ ।

      एम्नेस्टीसहितका मानव अधिकारवादी समूहहरूका अनुसार चीन पछि इरान विश्वको दोस्रो सबै भन्दा बढी मृत्यु–दण्ड दिने देश हो ।

      युद्ध सुरु भए देखि, इरानले जासुसी वा सुरक्षा सम्बन्धी अभियोगमा धेरै मानिसहरूलाई मृत्युदण्ड दिएको छ ।

      चालु महिनाको सुरुमा, इरानले इजरायली गुप्तचरलाई जानकारी बेचेको आरोपमा एक व्यक्तिलाई फाँसी दिएको थियो भने यस अघि सोहि आरोपमा एक जना एयरोस्पेस इन्जिनियरिङ विद्यार्थीलाई मृत्युदण्ड दिएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube