|
|
२०८२ माघ १०
663 views
ललितपुर । ग्रिनल्याण्ड विवादका कारण अमेरिका–युरोपबीच तनाव बढेपछि युरोपेली सङ्घ (ईयु) ले आकस्मिक सम्मेलन गरेको छ ।
अमेरिकी राष्ट्रपतिले केही युरोपेली देशमाथि लगाइने शुल्क अस्थायी रूपमा रोक्ने घोषणा गरे पनि ईयुले आफ्ना हितको संरक्षणमा कडा अडान लिएको छ ।
सम्मेलनपछि ईयु नेतृत्वले दबाब नस्वीकार्ने स्पष्ट गर्दै रणनीतिक स्वतन्त्रता र आत्मनिर्भरता आवश्यक रहेको बताए । युरोपेली संसदले अमेरिकासँगको व्यापार सम्झौता अस्थायी रूपमा रोक्ने निर्णयसमेत गरेको छ ।
विश्लेषकहरूले ग्रिनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा अविश्वास बढाएको र युरोपलाई नयाँ दिशातर्फ धकेलेको बताएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया