ललितपुर । मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु गरे सङ्गै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्याउन एक आपसमा सहकार्य गर्ने अभियान नै चलेको छ । यो अभियान विशेष गरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा छन् । ती मध्य अहिले Facebook Monetize सहकार्य नामक एउटा फेसबुक ग्रुप निकै सक्रिय छ । यस प्रकारका ग्रुपहरू विदेशमा पनि सञ्चालित छन् । तर यो ग्रुप नेपालीहरूलाई लक्षित ग्रुप हो । उक्त ग्रुपमा यो समाचार तयार पार्दासम्म एक लाख १२ हजार भन्दा भन्दा बढी सक्रिय सदस्य छन् ।
एक आपसमा सहकार्य गर्दै फेसबुकमा फलोवर्स बढाउन सक्रिय रहेको उक्त ग्रुप दामोदर न्यौपानेले परिकल्पना गरेका हुन । फेसबुक मोनिटाइजेसनको लागी अत्यन्त सक्रिय रहेको उक्त ग्रुपले सामाजिक सञ्जाल प्रयोगकर्ता सहयोग पुर्याउँदै आएको छ ।
उक्त ग्रुपका एडमिन प्रदीप गौतमका अनुसार एडमिन प्यानलका अन्य सदस्यहरूमा तेज पौडेल,विष्णु पौडेल , निर्मला खत्री,सुजाता क्षेत्री, अंशुल लोहनी, सागर खडका क्षेत्री ,गौतम थापा , ज्याक खडका, दिपेश न्यौपाने , सञ्जीव मल्ल ठकुरी,प्रोनिता श्रेष्ठ, र ज्यामन दोर्जे तामाङ छन् । यो ग्रुपमा जोडिएर एक आपसमा सहकार्य गर्दै धेरैले डिजिटल लाभ लिन सफल भएका छन् । करिब ७० हजार सदस्य रहेका बेला यो ग्रुपमा जोडिएका एक सदस्यले हेर्दा हेर्दै केही दिनमै सवा लाखको सङ्ख्या पुग्नुलाई ग्रुपको बढ्दो लोकप्रियताका रूपमा लिएको प्रतिक्रिया दिएका छन् । यो ग्रुपलाई सही सदुपयोग गर्न पनि उनले परिकल्पनाकार र एडमिनलाई सुझाव दिएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया