ललितपुर - ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सबैभन्दा ठूलो तागत संगठन भएकाले त्यसैको सहारामा जनताको घर–घर पुग्नुपर्ने बताएका छन् । बागलुङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालभन्दा संगठनको शक्ति महत्त्वपूर्ण भएको बताए ।
थापाले कार्यकर्तालाई घर–घर पुगेर आफ्ना कुरा राख्न र मतदातासँग भोट माग्न आग्रह गरे । सामाजिक सञ्जालमा टीकाटिप्पणी र आक्षेपभन्दा जनतासँग प्रत्यक्ष संवाद गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
उनले पार्टीले पाँच वर्षका लागि निश्चित संकल्पसहित योजना ल्याएको भन्दै त्यसका लागि जनताले मौका दिनुपर्ने बताए । यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान जोगाउन र सहर तथा गाउँलाई जोड्नुपर्नेछ। कांग्रेससँग मात्रै सम्हाल्दै, सुधार्दै अघि बढ्ने क्षमता छ, उनले भने ।
सभापति थापाले कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको र अब अनुभवी तथा बदलिएको पार्टीले युवाको भावना सम्बोधन गर्ने दाबी गरे । उनले कार्यकर्तालाई ‘भिजन १०’ बारे मतदातासमक्ष स्पष्ट रूपमा बुझाउन पनि आग्रह गरेका छन् ।

बिजनेस पाटी