महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २६
|
255 views

ललितपुर - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताउनुभएको छ ।

आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहनुभएको जानकारी दिनुभयो ।

      संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उहाँले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले गरिरहनुभएको छ भन्नुभयो ।

      पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै, १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गर्नुभयो । सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube