२०८२ फाल्गुन ३ | Feb 15, 2026

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको भोलि पार्टी कार्यालय सानेपामा बैठक

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
918 views

ललितपुर । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले भोलि पार्टी कार्यालय सानेपामा पार्टीको बैठक राख्ने भएको छ ।

यसअघि देउवा समूहको भेला सानेपामा हुँदा थापाले केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालयमा जाने र त्यसपछि त्यहाँ केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया