२०८२ फाल्गुन ६ | Feb 18, 2026

विज्ञहरूको सुझावका आधारमा विकासमा काम गर्ने सभापति थापाको वचन

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १
|
714 views

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

घरदैलो अभियानअन्तर्गत मतदातासँग भेटघाट गर्दै सभापति थापाले स्थानीय जनताको आवश्यकता सम्बोधन गर्न विज्ञहरूको सल्लाह अनुसार योजनाबद्ध काम गर्ने बताउनुभएको हो ।

बरहथवा नगरपालिका र बसबरिया गाउँपालिका अन्तर्गत क्षेत्र नं ४ का मतदातासँग भेटघाटका क्रममा उहाँले भने, आगामी पाँच वर्षभित्र मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही–४ लाई भौतिक विकाससहित शिक्षा र स्वास्थ्यमा पनि उत्कृष्ट बनाउनेछु। विज्ञहरूले दिने सुझाव अनुसार काम गर्छु

उहाँले थपे कि कांग्रेससँग देश चलाउने अनुभव र उत्साह दुवै भएकाले, मतदाताले सर्लाही मात्र होइन, देशको नेतृत्वका लागि पनि जिम्मेवारी दिनुहुनेछ । प्रोजेक्ट गभर्मेन्ट’ तयार छ, र कार्यान्वयन गर्ने अधिकार मतदातामा छ

फेसबुकबाट तपाईको प्रतिक्रिया