ललितपुर - ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै देशलाई सम्हालेर अघि बढाउनको लागि ‘टीम नेपाल’ गठन गर्नुपर्ने विचार अघि सार्नुभएको छ ।
सभापति थापाले भने, ‘टीम नेपालभित्र ७ वटा प्रदेश, ७५३ स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्छ। सबैको साझा प्रयास र अपनत्वले मात्रै सरकार र व्यवस्थाले डेलिभरी दिन सक्छ ।
उहाँले पार्टी र अन्य दलबीचको प्रतिस्पर्धा स्वीकार गर्दै मुलुक निर्माणका लागि एमाले, माओवादी, रास्वपा, जसपासहित सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सभापति थापाले वर्तमानमा लोकतान्त्रिक स्पेस हाइज्याक भएको बताउँदै गठबन्धन राजनीतिले नागरिकको चयन अधिकार र एजेन्डा प्रभावित भएको आलोचना गर्नुभयो ।
थापाले संविधानले प्रदान गरेका हक, सुशासन र विकास सम्बन्धी एजेन्डामा केन्द्रित भएर मात्र छलफल हुनुपर्ने बताएका छन् । उहाँले भने, ‘हामीसँग संविधान र हक अधिकारहरू छन् । सुशासन र विकासका विषयमा कसरी अगाडि बढ्ने भन्ने छलफलको माहोल वर्तमानमा अस्तव्यस्त भएको छ।

बिजनेस पाटी