गगन थापाद्वारा भ्रष्टाचारमुक्त नेपालको प्रतिबद्धता प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ७
|
561 views

ललितपुर - ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनावी प्रतिज्ञा कार्यक्रममा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी पदमा नबस्ने व्यवस्था लागू गर्ने घोषणा गरेका छन् ।

थापाले संवैधानिक आयोग, विश्वविद्यालय र अन्य निकायमा दलगत भागबन्डा नगर्ने प्रतिज्ञा पनि व्यक्त गरेका छन् । साथै, ५ वर्षभित्र देशलाई भ्रष्टाचारमुक्त बनाउने र ०४८ सालपछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने योजना अघि सारिएको छ, उनले भनेका छन् ।

संघीय सरकारमा १६ मन्त्रालय र प्रदेश सरकारमा ६ मन्त्रालयको सीमा तोक्ने प्रस्तावसहित उहाँले गठबन्धन मिलाउन मन्त्रालय बढाउन नपाइने स्पष्ट पारे ।

 पात्रो/राशिफल  रेडियो YouTube