गजल -म भेटिएँ भने कतै

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ४
|
2.4k views

ललितपुर - कपिल किशोर घिमिरे
म भेटिएँ भने कतै,नजर जुधाउँछिन् उनी
असाध्य प्रेममा परी अधर मिलाउँछिन् उनी

म लट्ठिदै उनीसँगै नजिक हुँदै रमाउँदा
खुबै रहर गरी मजालिदै रमाउँछिन्  उनी

म दु:खमा परेँ भने प्रिया बनी बसी सँगै
हरेक दु:खमा सधैँ निकै सघाउँछिन् उनी

म प्रेममा रमाउँदा सधैँ अगाध प्रेमले
म होसमै रहन्न काखमा निदाउँछिन् उनी

म प्रेमले कुरा गरी निकै खुसी बनाउँछु
खुसी हुँदै सधैँ मिठो सुधा खन्याउछिन् उनी

 पात्रो/राशिफल  रेडियो YouTube