इङ्ल्यान्डविरुद्ध ऐतिहासिक खेलअघि प्रधानमन्त्री कार्कीको शुभकामना “विजयी भव”

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
561 views
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

ललितपुर - ललितपुर – प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने टी–२० विश्वकपको ऐतिहासिक खेलका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले शुभकामना सन्देश जारी गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलाडीहरूले देशको गौरव बढाउने गरी सशक्त खेल प्रस्तुत गर्ने अपेक्षा राख्नुभएको छ ।

आइसिसी टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिरहेको नेपाललाई विश्वभर रहेका नेपाली समर्थक तथा क्रिकेटप्रेमीहरूको साथ र समर्थन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतमा टोलीले देखाएका साहसिक प्रदर्शन र सफलताले आजको खेललाई अझ विशेष बनाएको बताउनुभयो ।

सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाली टोलीलाई ‘विजयी भवः भन्दै उत्साह र हौसला प्रदान गर्नुभएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube