२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेदरल्यान्ड्ससँगको खेलमा नेपाल बलिङतर्फ सक्रिय

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
1.8k views

ललितपुर – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङबाट सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर नेदरल्यान्ड्सले ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।

यसअघि जिम्बाबे र स्कटल्यान्डलाई पराजित गरिसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई हराएमा उसले सुपर सिक्समा स्थान बनाउनेछ । महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया