एसिया कपमा नेपाल क्रिकेट टोलीको नेतृत्व पूजालाई, इन्दु बर्मा बाहिर

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १७
|
1.1k views

ललितपुर - ललितपुर – थाइल्यान्डमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपालले पूजा महतोको नेतृत्वमा मैदान उत्रिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजालाई टोलीको कमान सुम्पिएको हो।

इन्दुको चोटका कारण टोलीमा नेतृत्व परिवर्तन गर्नुपरेको क्यानले जनाएको छ। नयाँ कप्तान पूजाको नेतृत्वमा नेपालले समूह चरणमा कडा प्रतिस्पर्धाको सामना गर्नेछ।

तालिका अनुसार नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई तथा फेब्रुअरी १७ मा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।

एसिया कपमार्फत नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता थप मजबुत बनाउने लक्ष्य लिएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube