|
|
२०८२ फाल्गुन ९
357 views
ललितपुर – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको छ । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार मतपत्र ढुवानीको काम पनि सुरु भइसकेको छ र आज कास्कीमा मतपत्र आइपुगेको छ ।
उहाँका अनुसार आइतबारदेखि कास्कीबाहेक अन्य जिल्लामा पनि मतपत्र ढुवानी सुरु गरिनेछ । निर्वाचनमा प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ प्रकार मतदानस्थलमा पठाइनेछन् ।
गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् । प्रदेशभर एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् ।
यसपटक प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् भने दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका छन् । गण्डकीमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया